बुटवलको भ्यु सिनेमा अव फ्रेण्ड्स सिनेमाज

बुटवलको भ्यु सिनेमा अव फ्रेण्ड्स सिनेमाज

दर्शकका लागि नयाँ ब्यवस्थापनको तातो अफर सार्वजनिक

बुटवल – बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्स भित्रको भ्यु सिनेमा अव नयाँ ब्यवस्थपनका साथ संचालनमा आउने भएको छ । नयाँ ब्यवस्थापन सहित “फ्रेण्ड्स सिनेमाज” को नामले संचालनमा आएको सिनेमाहलले बिभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

२११ सीट क्षमतायुक्त अत्याधुनिक हलले दर्शकहरूका लागि विशेष अफरहरू ल्याएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ । नयाँ ब्यवस्थापनले कुनै पनि फिल्मको एउटा टिकट खरिद गर्दा एउटा पपकर्न, ३ वटा टिकट खरिद गर्दा एउटा बकेट पपकर्न तथा ५ वटा टिकट खरिद गर्दा दुइटा बकेट पपकर्न निःशुल्क पाउने अफर सार्वजनिक गरेको हो । सिनेमाजले तातो अफर अन्तर्गत २९ फागुन सम्मका लागि १०० रुपैयाँमा कफीको मज्जा लिन पाउने बिज्ञप्तिमा जनाइएको छ ।

फ्रेण्ड्स सिनेमाजले उत्कृष्ट सेवा र आधुनिक प्रविधिको सहायताले प्रत्येक दर्शकलाई अविस्मरणीय सिनेमा अनुभव प्रदान गर्दै बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij