तिलोत्तमा नगरपालिका वडा नं ६मा नि : शुल्क भिडियो एक्सरे सेवा शुरू

तिलोत्तमा नगरपालिका वडा नं ६मा नि : शुल्क भिडियो एक्सरे सेवा शुरू

तिलोत्तमा

तिलोत्तमा नगरपालिकाको आनन्दबन स्वास्थ्य चौकि तथा बर्थिंग सेन्टरमा भिडियो एक्स–रे सेवा सन्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा गर्भवतीका लागि नि:शुल्क भिडियो एक्स–रे सेवाको उद्घाटन गर्नुभएको छ । साथै नगर प्रमुख खाण र उपप्रमुख चौधरीले आनन्दबन स्वास्थ्य स्वास्थ चौकीका इन्चार्ज राम प्रसाद चुंदालीलाई भिडियो एक्स(रे मेसिन हस्तान्तरण गर्नु भएको छ ।

 

कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले नगरपालिकाबाट भिडियो एक्स–रे सेवाको लागि अन्यन्त्र जानुपर्ने र बाहिर जाँदा महंगो पर्ने बताउँदै थापाले स्वास्थ्यचौकीमै यस्तो सेवा सुचारु भएको र त्यो पनि निःशुल्क भएकाले नगरबासीले प्रशस्त लाभ लिन सक्ने बताउनु भयो। उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै गर्भवती र बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै खाणले स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्त्पर रहने बताउनुभयो। गर्भवतीका लागि भिडियो एक्सरे सेवा कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, खाणले बताउनुभयो ।

 

यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीले अब गर्भवती महिलाले पालिका बाहिर गएर चेक जाच गर्नु पर्ने बाध्याता हटेको र आमा र बच्चा को स्वस्थ्य पनि राम्रो रहने बताउनुभयो।अन्य चेकजांचको सुबिधा पाए पनि भिडियो एक्सरे नहुँदा ढुक्क नहुने अवस्थालाई चिर्दै यो सेवाले यस क्षेत्र वरपरका सेवाग्राहीहरुलाई थप सहज हुने बताउनुभयो। सो अवसरमा बोल्दै तिलोत्तमा वडा नम्बर-६ का वडाध्यक्ष गणेश पाठकले स्थानिय स्तरमा भिडियो एक्सरे सेवा नहुँदा बुटवल भैरहवा जानुपर्ने बाध्यता टरेको बताउनुभएको छ। उहाँले यसको सम्पूर्ण सदुपयोग गर्नुपर्ने  वडा अध्यक्ष पाठकको जोड थियो। सो सेवा शुरु भएपछी वडा नम्बर ६ संगै वरपरका वडाका सेवाग्राहीलाई सहज हुने अनुमान गरिएको छ।कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानिय बुद्धिजीवी, महिलाहरू को  उपस्थिति रहेको थियो।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij