तिलोत्तमा:गर्भवतीलाई नि:शुल्क भिडियो एक्सरे सेवा

तिलोत्तमा:गर्भवतीलाई नि:शुल्क भिडियो एक्सरे सेवा

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबारदेखि नि:शुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । नगरपालिकाभित्रका गर्भवती महिलाले गर्भ रहेदेखि चारपटकसम्म र सुत्केरीपश्चात् आवश्यक परेमा नि:शुल्क रूपमा भिडियो एक्सरे सेवा लिन पाउने सुविधाको थालनी भएको हो ।

 

चिकित्सकको सिफारिसअनुसार चारपटकबाहेक पनि जाँच गर्नु परेमा शुल्क नलाग्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिए । ‘यो सेवाको सुरुवात अहिलेलाई तिलोत्तमा-६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरेका छौं,’ उनले भने, ‘क्रमश: सबै वडामा यो लागू हुनेछ ।’

नि:शुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले आमा बन्नु महिलाका लागि सहज अवस्था नभएकाले स्वास्थ्यको ख्याल गर्न जरुरी रहेको बताए । पालिका आफ्ना नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै उनले हरेक पटक नवीनतम् काम गर्दै नागरिकसँग आफूहरू सँगसँगै रहेको अनुभूति दिलाइरहेको बताए ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले यो कार्यक्रमबारे छलफल गर्दा नै कार्यपालिकाका हरेक सदस्यले गर्नैपर्ने कार्यक्रम ठानी बजेट विनियोजन गर्न स्वीकृत भएको बताइन् । गत साउनबाट नै यो सेवा सुरु गर्ने भनिए पनि कार्यविधि तयार गर्दा समय लम्बिएको उनले जनाइन् । ‘यस्ता सेवाले हुँदा खाने वर्गलाई अति नै सहयोग गर्नेछ,’ उनले भनिन्, ‘यो जाँचमा लाग्ने पैसा अब महिलाले स्वस्थकर खानेकुरा किन्नमा खर्च गर्न सक्नेछन् ।’

प्रकाशित मिति : बुधबार, माघ ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij