काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ ।
आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र मोटरसाइकलसमेत डुबेका छन् । बबरमहलमा सडकसमेत भासिएको छ । यातायात पनि प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको आयोजनाले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्