तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा मादल बजाउने तालिम शुरु भएको छ। वडा नं तीनको आयोजनामा वडा स्तरीय महिलाहरुका लागि बाध्यबाजन (मादल ) बजाउने तालिम शुरु भएको हो ।
बिहीबार, फाल्गुन १ गतेदेखि शुरु भएको तालिम २० गते सम्म चल्ने जनाइएको छ।
तालिमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहभागी दिदीबहिनीहरुले तालिमबाट प्राप्त सिपलाई व्यबहारमा लागु गर्दै आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हुँदा सिकेको सीप लाई ब्यबहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले वडा भित्र रहेका बाह्रबटै टोललाई कलाको माध्यमबाट व्यवसाहिक रूपमा कलासंस्कृतिको जगेर्नाका लागि समेत भुमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा वडा सदस्य चुडा कुमारी विष्ट ,राजनैतिक दलका प्रतिनिधि टोपलाल खनाल लगायतले बोल्दै तालिमबाट प्राप्त ज्ञान,सिपलाई व्यबहारिकतामा उतार्दै उपलब्धिमुलक बनाउन र सामाजिक ,सांस्कृतिक बिकासमा अगाडि बढाउदै तालिमको उद्देश्यलाई पुरा गराउन सुझाव दिनुभयो ।
कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो भने तालिमको प्रशिक्षण विष्णु प्रसाद कंडेलले प्रदान गर्ने जनाइएको छ।
ताीलममा १२ वटा टोल विकास संजालबाट प्रत्येक टोलबाट तीन तीन जनाको दरले ३६ जना महिलाहरुको सहभागीता रहने र तालिम फागुन १ गतेदेखि २० गतेसम्म चल्ने वडा सचिव गोकुल
गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्