उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना, १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते

उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना, १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते

उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ ।

जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । यहाँ भक्तजन बोकेको बोलेरो र बोलेरो बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० भक्तजनको घटनास्थलमै ज्यान गएको हो । ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ ।

अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको बताइएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij