बुटवल,
नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको चाहना र मागलाई सम्बोधन हुने गरि विकास निर्माणलाई तिव्रता दिन अहिलेको गठबन्धन भएको दाबी गर्नुभयो । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको विशेष कार्यक्रमलाई शनिबार उद्घाटन गर्दै गठबन्धनबारे टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । ‘सरकारमा जानैका लागिमात्र राजनितिक गठबन्धन होईन ।’–उहांले भन्नुभयो । विकास निर्माणलाई तिब्रता दिने गरि संघियताको मुल भावना र मर्म अनुसार तीन तहकै सरकारलाई अघि बढाउन गठबन्धन भएको उहांले बताउनुभएको छ । विकास निर्माण हुनुपर्ने कुरा गरिरहँदा राजनितिक स्थितिरता जरुरी रहने भन्दै यसैका लागि नै दुई ठुला दलसहितका अन्य दल मिलेर वर्तमान सरकार बनेको उहांले तर्क थियो । राजनितिक स्थिरताबाट नै जनताको माग अनुसारको विकासमा लाग्न मद्दत मिल्ने उहांले बताउनुभएको छ। आफ्नो पुस्ता संग साईनो गासिएको थलोको रुपमा बुटवललाई चिनेको उहांले बताउनुभयो । राणाकालमा बुबा गणेशमान सिंह जेलबाट निस्केर बुटवल हुँदै भारत गएको कुरा पुस्तकमा उल्लेख भएको उहांले बताउनुभयो । स्थानिय सरकारको मापदण्ड अनुसार शहरको विकासमा जोड दिन उहांले आग्रह गर्नुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरका ठुला विकास योजनाहरुमा केन्द्र र प्रदेश सरकारबाट सहयोग जरुरी रहेको बताउनु भयो। बुटवललाई उत्कृष्ट नगरका रुपमा अघि बढाउन आफु सबै क्षेत्रलाई समेटेर अगाडी बढेको उहांले बताउनुभयो ।
कार्यक्रममा नगरको समग्र विकासमा योगदान दिएका विभिन्न क्षेत्रका अगुवा, अभियन्ता, टोल विकास संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैबिच कार्यक्रममा विभिन्न जातजाती र संस्कृति झल्कने झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्