कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेकाे गाडी दुर्घटना, देवदहका ३ जनाकाे ज्यान गयाे

कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेकाे गाडी दुर्घटना, देवदहका ३ जनाकाे ज्यान गयाे

काठमाण्डाै – रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले  जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्यान गुमाउनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij