लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुभएको छ । लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको यो दोस्रो सम्बोधन हो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभाले निमन्त्रणा गरेपछि आज नेपाली सेनाको हेलिकप्टर चढेर उहाँ दाङ पुग्नुभएको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कुनै पनि देश अर्काले नबनाइदिने भन्दै उहाँले हामी गर्न सक्छौँ भन्ने उच्च मनोबल राख्नुपर्ने ओलीले बताउनुभयो । विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण शुरू गरेकोमा प्रशंसा गर्नुभयाे । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij