केआईआईटीमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको अन्त्येष्टि

केआईआईटीमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको अन्त्येष्टि

बुटवल- भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल को अन्त्येष्टि मध्यरातमै गरिएको छ। भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।

प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको थियो। तर, उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज मा राखिएको थियो।
करिब ११ बजे प्रकृतिको शव सिद्धार्थनगर ८ स्थित निवास मा पुर्‍याइएको थियो। त्यहाँ उनको अन्तिम श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।

दिउँसो १२ बजेपछि शवयात्रा निकालिएको थियो, जसमा भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका सहपाठीहरू पनि सहभागी थिए।

राति भैरहवा परिक्रमा गराएर शवलाई स्वर्गद्वारी घाट पु९याइएको थियो, जहाँ हजुरबुवा देवनाथ लम्साल ले मुखाग्नि दिएका थिए। प्रकृतिको निधनपछि भैरहवा शोकमग्न छ। बुधवार साँझ उनको शव नेपाल आइपुगेसँगै परिवार, आफन्त र स्थानीयवासी शोकमा डुबेका छन्। घरमा सयौँ व्यक्ति पुगेर परिवारलाई समवेदना प्रकट गरेका छन्।

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij