सिद्धार्थनगर द्धारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण

सिद्धार्थनगर द्धारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ ।

खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो । खासगरी रसायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्न बाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उदेश्यले अनुदानमा

ंप्राङ्गारिक मल बितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

उनले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताए ।

नगरपालिकाले बितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसावारी, फलफुलका बिरुमाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृर्षी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्ने छ ।

२५ कलिोग्रामको एक बोरालाई बजारमा प्रतीकेजी ३२ रुपैया पर्दछ । नगरपालिकाले कृर्षकलाई १६ रुपैयामा बितरण गरीरहेको हो । यो मल झारपात, खुखुराको सुलि जस्ता फाईैएका फोहोर बाट बन्ने हुदाँ अर्गानीक खेतीको लागी बढी उपयोगी रहेको उनले बताए । कम जग्गा भएका र कौसी खेती गर्नेलाई लक्षित गरी मल बितरण गरीएको हो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij