अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता: कान्ति मावि र एभरेष्ट बोर्डिङ स्कुल विजयी

अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता: कान्ति मावि र एभरेष्ट बोर्डिङ स्कुल विजयी

बुटवल-बुटवल उपमहानगरपालिकाद्वारा आयोजित दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सरकारी विद्यालयहरूमा कान्ति मावि र संस्थागत तर्फ एभरेष्ट बोर्डिङ स्कुल विजयी भएका छन् । उपाधिसँगै ती विद्यालयले ७५ हजार नगद पुरस्कार हात पारेका छन् ।

विजेता एभरेष्टका विद्यार्थीले कौडा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी तिनाउ ईंगलिस बोर्डिङ स्कुल उपविजेता बन्दै नगद ५० हजार पुस्कार हात पारेको छ । उक्त विद्यालयले झ्याउरे गीतमा नृत्य प्रस्तुत गरेको थियो । यसैगरी थारु समुदायको मयुर तथा लाठी नाच प्रस्तुत गरेको स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुल तृतीय हुँदै नगद ३५ हजार पुरस्कार हात पारेको कार्यक्रम संयोजक बुटवल उपमहानरका सामाजिक बिकास महाशाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी दिए । यसैगरी इन्टलेक्च्युअल एकेडेमीले झ्याउरे नाच तथा एक्स आर्मी बोर्डिङ सेकेन्डरी स्कुलले झझेरीया डफ नाच प्रस्तुत गर्दै सान्त्वना बन्न सफल भएका छन् । उनीहरुलाई समान २५ हजार नगद प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीय कला सँस्कृति र परम्परागत पहिचानको संरक्षणका लागि प्रतियोगिता गरिएको उल्लेख गरे । उपमहानले लोक सँस्कृति, धर्म तथा जातीय परम्पराहरुको संरक्षणका लागि विद्यालय स्तरबाटै अभियान बढाउनु पर्ने उद्देश्यकासाथ कार्यक्रम गरिएको बताए । भाषा सँस्कृतिको संरक्षणका लागि उपमहानगरले विभिन्न ४ वटा मातृ भाषामा नागरिक वडापत्र समेत प्रकाशन गरेको बताउँदै प्रमुख पाण्डेयले अन्य भाषा र जातिलाई समेत समेट्दै जाने बताए ।

उपप्रमुख सावित्रा अर्यालले सैद्धान्तिक मात्र नभई व्यवहारिक प्रयोगबाटै नयाँ पुस्तामा परम्परा हस्तान्तरणका लागि प्रतियोगिता फलदायी हुने अपेक्षा गरिन् । प्रतियोगिता अन्तरगत सोमबार संस्थागत तर्फका २६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । आइतबार २८ वटा सामुदायिक विद्यालयहरु बीच प्रतियोगिता भएको थियो । संस्थागततर्फ कान्ति मावि “ख” विजेता बनेको थियो । यसैगरी सिद्देश्वर लालकुमारी मावि दोस्रो, नवीन औद्योगिक कदरबहादुर रिता मावि “ख” समुह तृतीय तथा भवानी मावि र नवीन औद्योगिक कदरबहादुर रिता मावि “क” समुहले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा बरिस्ठ कलाकारहरु दुर्गा रायमाझी,कृष्ण रेउले र डिल्लीनारायण पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij