काठमाण्डाै – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।
युवायुवतीबीच प्रेम विवाहको विषयलाई लिएर झडपको अवस्था बनेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनीसमेत भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
झडपमा घाइते भएका पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो । धवलको भैरहवामा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ ।
अवस्थालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर आज बिहान तनावको अवस्था बनेको थियो । अवस्थालाई सामान्य बनाउन रुपन्देहीबाट समेत थप प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रन्जितसिंह राठौरले बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा नवलपरासीको घटना अनि पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पटक पटक झडप हुँदै आएकोतर्फ सांसद अमरेशकुमार सिंहले भीड देख्नेबित्तिकै गोली चलाउने प्रवृत्ति रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्