कांग्रेस केन्द्रीय प्रचार विभाग

‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’

‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’

लुम्बिनी प्रदेशको बुटवलमा फागुन १८ गते कार्यक्रम हुने

बुटवल-नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्ने भएको छ ।सातै प्रदेशमा गर्नेगरी सुरु गरिएको प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेशका लागि यहि फागुन १८ गते रुपन्देहीमा गर्न लागिएको मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नारासहित गर्न लागिएको प्रशिक्षण कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाका पार्टी सभापति, सचिव, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, पार्टीबाट निर्वाचन प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यहरु, पालिका प्रमुख तथा उपप्रमुख, प्रचार विभागका पदाधिकारी, पार्टीको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनका प्रदेश तथा जिल्ला सभापतिहरु, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सहभागि हुने प्रचार विभागकी केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक कमला पाण्डेले जानकारी गराउनु भयो ।उहाँका अनुसार देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको समेत जानकारी गराउनुभयो ।
एक दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक जगत नेपाल र हरिबहादुर थापाले प्रशिक्षण गर्नुहुनेछ । कार्यक्रमको उद्घाटन पार्टीका वरिष्ठ नेता डा. शेखर कोईरालाले गर्नुहुने उहाँले जानकारी गराउनु भयो । भएका कुरालाई बस्तुपरक रुपमा सञ्चार गर्न नसक्दा आम नागरिकलाई सुसुचित गर्न नसकिएको भन्दै पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुले गरेका राम्रा कुराहरुलाई समेत प्रभावकारी प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्न लागिएको प्रचार विभागका केन्द्रीय सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले बताउनु भयो ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र त्यसको प्रभाव बढीरहेको बताउँदै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले सत्य र तथ्यमा आधारित प्रचारले जनमानसमा पनि सही सूचना प्रसार हुने र सामाजिक सञ्जाल प्रयोगकर्ताको समेत विश्वास अभिबृद्धि हुने भनाई राख्नुभयो । प्रशिक्षण कार्यक्रममा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एक दिनको यो प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट समेत गरी करिव ५ सयको सहभागिता रहने सूचना, सञ्चार तथा प्रचार विभागकी केन्द्रीय सदस्य फूलु सुनारले जानकारी गराउनु भयो । उहाँका अनुसार आमजनमानसमा पार्टीले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’कार्यक्रम विभागले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्नेगरी यहि फागुन ९ गतेदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij