बुटवल – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर महाशिरात्री पर्व मनाइएको छ । रुपन्देही र पाल्पाको संगममा रहेको पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा बुधबार ५० हजार बढी भक्तजनले दर्शन गरेका छन् ।
विहान ३ बजेदेखिनै मन्दिर परिसरमा भक्तजनको भिड लागेको थियो । महाशिवरात्रिका अवसरमा मन्दिरमा अखण्ड भजनसहित पुजाआजा गरिएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । रुपन्देही, पाल्पा सहित यस आसपास र भारतबाट आएका दर्शनार्थीहरुले आज सिद्धबाबा परिषरमा रहेको बिराट शिवको पूजा आराधना गरेको अध्यक्ष शेरचनले बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्