मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउछौं : सभामुख

मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउछौं : सभामुख

बुटवल, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न आफ्नो तर्फबाट लागी परेको स्मरण गराउनुहुंदै मगर समु्दायको आर्थिक सबलीकरणमा सहयोग पुग्ने गरी स्थानीय रैथाने उत्पादनलाई प्रर्वद्धन गर्ने नीतिगत व्यवस्थालाई मुर्तरुप दिने प्रयत्न भईरहेको जनाउनु भएको हो ।

“लुम्बिनी प्रदेश सभा विभिन्न जात–जाति, भाषा–भाषि, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिवद्ध छ ।” शुभकामना सन्देशमा उल्लेख छ–“ मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्बिनी प्रदेश सभा प्रतिवद्ध छ र प्रतिवद्ध भई निरन्तर लागी रहने विश्वास पनि दिलाउन चाहन्छु ।”

राज्यले सबै समुदायका भाषा, संस्कृतिको प्रवद्र्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने मुख्य जिम्मेवारी सम्वन्धीत समुदायकै भएको उल्लेख गर्नुहुदै उहांले आफ्नो हक अधिकारलाई स्थापित गर्न तथा मगर भाषा, संस्कृतिको संरक्षण गर्न सबै मगर समुदायलाई एकताको मालामा गांस्ने दिनको रुपमा मगर एकता दिवसलाई लिन समेत आग्रह गर्नु भएको छ ।

आदिवासी जनजातिमा सूचिकृत मगरे समुदाय जनसांख्यीयकोणबाट सबै भन्दा ठूलो समुदाय हो । यस समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ । नेपालमा प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्र स्थापनाको लागी यो समुदायको महत्वपूर्ण योगदान रहेको र क्रान्ति, जनक्रान्ति, जनयुद्ध, जनआन्दोलन लगायत सबै पहिचानका आन्दोलनमा यो समुदायको अग्रणी भूमिका तथा बीरतापूर्ण बलिदानबाट मुलुकमा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भएको सभामुख  घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

सभामुख घर्ती मगरले मगर जातीको विशेषता मेहनती, इमान्दार, देशभक्त, कर्मठ र विश्वासीलो भएको र यो विशेषतालाई कायम राख्न र संस्कृतीको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको जनाउनु भएको छ । उहांले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतीक पहिचानहरुलाई प्रवद्र्धन र संरक्षण गर्न समेत अपिल गर्नु भएको छ । “मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । विश्वभर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ । ” शुभकामना सन्देशमा उल्लेख छ – “यो दिवसले सम्पुर्ण नेपालीहरुमा सामाजिक सद्भाव, आपसी मित्रता, भाईचारा बन्धुत्व र सहिष्णुताको मुल्य मान्यता कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मगर एकता दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij