मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री चढेको बिमान कोलकाता डाईभर्ट

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री चढेको बिमान कोलकाता डाईभर्ट

काठमाण्डौ, मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसमको खराबीले परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको दोहाबाट आएको कतार एअरवेजको जहाज बिहान कोलकाता डाइभर्ट भएको छ ।

त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एअरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । यसैगरी चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

भिजीबिलिटी कमजोर हुँदा केही आन्तरिक हवाई उडान पनि प्रभावित भएका छन् । काठमाण्डौमा आकाश धुम्मिएको छ भने तराईरमधेशका केही ठाउँमा हुस्सु छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न ठाउँमा हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भयो । मौसम दिउँसोसम्म पनि खुल्न सकेको छैन ।

आज देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij