अध्याादेश पारित हुने कुरामै आशंका छ : नेता विश्वकर्मा

अध्याादेश पारित हुने कुरामै आशंका छ : नेता विश्वकर्मा

बुटवल – नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले यथास्थीतिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको जिकिर गर्नु भएको छ । रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससंग छलफल गरेपनि संसदमा लैजाँदा पार्टिहरुबिचमा असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोे, ‘ अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसंग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसहमत हुने अवस्था देखिएको छैन्, यथास्थीतिमा हुवहु पारित हुने अवस्था छैन् ।’ उहाँले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको बताउँदै यदि हुवहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत संसदीय प्रकृयामा जाने र पारित हुने तर्क गर्नुभयो ।

उहाँले कांग्रेस सहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरेहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयोे ‘ उहाँहरुले अध्ययादेशन पास गराउन बिचार गरेर ल्याउुन पर्दथ्यो । हतारमा ल्याउनु भएको संसदमा आरोप थियो ।  राष्ट्रिय सभामा संख्या नपुगेका कारणले पास हुने अवस्था रहेन् । कांग्रेस सहितका दलहरुका प्रश्नको जवाफ नआउँदै टेबुल हुने अवस्था आउँदैन र पारित हुँदैन् ।’ पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस पार्टि चलयामान बन्दै गईरहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा ५५ वटा बिभाग निर्माण गरि ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भईरहेको जानकारी पनि दिनुभयो ।

कांग्रेसको महाधिवेशन सम्बन्धी सञ्चारकर्मीहरुको प्रश्नमा विश्वकर्माले तोकिएको समयमा नै महाधिवेश हुने बताउँदै २०÷२२ महिना पछिको अवस्थासम्म महाधिवेशन हुने र अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरु अब नहुने तर्क गर्नुभयो ।पार्टिको प्रचार बिभाग संयोजक समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचन सम्म कायम रहने समेत दाबी गर्नुभयो । उहाँले अहिलेको गठबन्धन बलियो जगमा उभिएको बताउँदै ७ बुँदै सहमती अनुसार नै कायम रहने उल्लेख गर्नुभयोे ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको कांग्रेस एमालेको गठबन्धन बनेको स्मरण गर्नुभयोे । उहाँले फरक प्रसंगमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसंग जोडेर गालि गर्ने परम्परा रहेको बताउँदै विकसित देशमा राजनीति शान्त हुने भएपनि नेपालमा हरेक १० वर्षमा व्यवस्था परिवर्तन सम्मकोलागि भन्दै आन्दोलन हुँदा हरेक व्यक्ति राजनीतिमा होमिएको तर्क गर्नुभयो । यता पूर्वराजा ज्ञानेन्द्र शाहको अधिव्यक्तिलाई संविधानको पूर्ण कार्यान्वयनको रुपमा हेरेको समेत तर्क गर्नुभयो । उहाँले लोकतन्त्रको वाक स्वतन्त्रतालाई पूर्वराजाले उच्चतम प्रयोग गरेको बताउँदै उहाको राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको समेत जिकिर गर्नुभयो
उहाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडि तथा बैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको तर्क गर्नुभयोे । उहाले आफु अमेरिकाको राष्ट्रपति भएको विश्व समुदायलाइ जानकारी गराउनको लागि यी स्टन्टहरु गरेको बताउँदै केही समयमा नै यी सवै समस्या समाधान हुने तर्क गर्नुभयोे । रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij