JanataToday.com

Advertisment

SKIP THIS

अब उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः मन्त्री पौडेल

अब उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः मन्त्री पौडेल

बुटवल ,  अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन ।

स्वास्थ्य विमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बाफतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ । विमा बाफतको शुल्क तिर्न सक्नेले अनिर्वाय रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरुको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने ।

आज बुटवलमा आयोजित कार्यक्रममा स्वास्थ्य  बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राखे।

स्वास्थ्यमा ४ प्रतिशत बजेट लगानी गरेर स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राखेको भन्न नमिलने बताउँदै मन्त्री पौडेलले बजेट बढाउनका लागि पहल गर्ने समेत बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij