JanataToday.com

Advertisment

SKIP THIS

बुटवल हस्पिटल प्रा. लि. द्धारा बाग्लुङको बरेङमा बृहत स्वास्थ्य शिविर

बुटवल हस्पिटल प्रा. लि. द्धारा बाग्लुङको बरेङमा बृहत स्वास्थ्य शिविर

६ सय वढि बिरामीले लिए स्वास्थ्य सेवा

बुटवल – सरकारबाट एक सय बेड संचालन अनुमती पाएको बुटवल हस्पिटल प्रा लि ले बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको सहभागितामा भएको शिविरमा ६ सय भन्दा वढि बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर नयाँ बजार स्वास्थ चौकीमा भएको निःशुल्क स्वास्थ शिविरबाट सेवाग्राहीहरुले बिशेषज्ञ चिकित्सकहरुसंगै ल्याव तथा औषधी समेत पाएका छन् । शिबिरको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर, धनमुडा चौर समाज बुटवलको आयोजना तथा बुटवल हस्पिटल प्रा.लि.बुटवल को प्राविधिक सहयोग रहेको थियो ।

शिविर उद्घाटन गर्दै बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गांउ घरामा रोग लुकाएर बसेका बिरामीहरुले यस्ता शिबिरबाट रोग पहिचान भई औषधी उपचार पाउनुका साथै ज्यानै बचाउने काम हुने बताउनु भयो । उहांले सकरात्मक सोंचका साथ गरिने शिविरबाट धेरै फाईदा लिन सकिने बताउनु भयो । सो अवसरमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापाले आफुहरु बसाई सराई गरि तराईमा बसे पनि आफ्नो जन्मस्थानमा निःशुल्क शिविर मात्र नभएर अन्य समाज सेवाका कार्यक्रम राख्न हरेक समय तयार रहेको बताउनु भयो । शिविरमा दम,आँखाका बिरामीहरु बढि भेटिएको थियो । उनिहरुलाई औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको थियो । बिरामिहरुले आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरबाट सेवा लिन पाएकामा खुसी व्यक्त गरेका थिए ।

निःशुल्क शिविरमा बुटवल हस्पिटल प्रा लिका बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. पुष्पराज ढकाल, हार्डजोर्नी तथा नशा रोग बिशेषज्ञद्धय डा. उत्सव रेग्मी, डा.संजिव आचार्य, बरिष्ठ जनरल फिजिसियन डा.सागर पौडेल, वलारोग बिशेषज्ञ डा. प्रदिप शर्मा,डा. सुनिल सुनार, डा. दिपक ढकाल, डा उमेश वेलवासे, डा. प्रविना कुँवर, डा. अमृत बस्याल, डा. हरिराम पन्थी र डा. प्रतिक सापकोटा लगायल ल्याव टेक्निसियन समूह तथा औषधी वितरक समूह रबाटाकाचौर स्वास्थ चौकीका सम्पूर्ण स्वास्थकर्मीहरुको विशेष भूमिका रहेको थियो । बिशिरको बुटवल हस्पिटल प्रा लिका तर्फबाट मेडिकल कोडिनेटर राजु पौडेल र मार्केटिङ म्यानेजर सुमन तिमिल्सीनाले संयोजन गर्नु भएको थियो । शिविर वडा नं. ३ मा आयोजना भएपनि बरेङ गाउंपालिका भरिकै बिरामीहरुले सेवा लिएका थिए । सो अवसरमा वडा अध्यक्ष शेर बहादुर खनालले आफुले वडाको तर्फबाट गर्न लागेको शिविरलाई बृहद बनाउन बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्न प्रसाद पौडेल र धनमुडा चौर समाजका अध्यक्ष देव थापाको टिमले ठुलो भुमिका खेलेको बताउनु भयो । शिविर संचालनमा सहयोग गर्ने धनमुडा चौर समाज बुटवल, बुटवल हस्पिटल प्रा लि , हाम्रो स्वास्थ क्लिनिक, मल्टिस्टार, आले डेण्टल लगायतका संस्थाका प्रतिनिधिहरुलाई वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij