सूचना प्रविधि बिनाको युग परिकल्पना गर्न सकिदैन : नगर प्रमुख पाण्डे

सूचना प्रविधि बिनाको युग परिकल्पना गर्न सकिदैन : नगर प्रमुख पाण्डे

बुटवल-कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा देशमै पहिलो विटुसी समिट बुटवलमा सुरुवात भएको छ । दुई दिन सम्म चल्ने  सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे  । डिजिटल प्रविधिको प्रयोग गरी डिजिटल हस्ताक्षर गरी ल्यापटमा क्लीक गर्दै उनले  सम्मेलनको शुरुवात गरेका हुन ।

बुटवलको सिद्धार्थ कटेजमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अवको युग सूचना प्रविधिको युग भएको कारण सूचना प्रविधि विना अवको युग परिकल्पना गर्न नसकिने बताए ।

उनले सूचना प्रविधिलेमा पहुँच नभएको व्याक्तिले कोरा शिक्षा हासिल गरेर  पछिल्लो  प्रतिष्पर्धी समाजमा काम गर्न नसक्ने र बेरोजगार हुने अवस्था आउने बताएका थिए ।  उनले भने–‘जहाँ सूचना प्रविधिको जोडीएको हुँदै त्यो क्षेत्र आफैमा पछि पर्दै जान्छ, जसको लागि सूचना प्रविधिको नयाँ मोडल अंगिकार गरेर अगाडी जानुको विकल्प छैन । ’

मेयर पाण्डेयले बुटवलमा सूचना प्रविधिको क्षेत्रमा नयाँ अभ्यासलाई लागू गर्दै अगाडी बढेको स्मरण गर्दै घरबाट नै सेवा ग्राहीले सेवा लिन पाउने, गरी पोर्टल सहित सफ्टवेर विकास गरेर काम गर्दै आएको बताए ।उनले नक्सा पास देखि लिएर , सिफारिस, राजश्व लगायतका प्रणाली नगरपालिकाले विस्तारै डिजटललाईजेशनमा अगाडी बढेको बताए ।

पछिल्लो समयमा कुनै पनि काम लिनको लागि सेवा ग्राही लामो लाईन लागेर बसेको अवस्था देखेमा त्यो सूचना प्रविधिको क्षेत्रमा कमजोर कार्यलय रहेको आंकलन गर्न थालिएको भन्दै उनले यसको लागि  कार्यकुशलता प्रर्दशनको लागि क्यासलेस, बैंकीङ्ग प्रणाली सहित अनलाई सूचना प्रणालीमा सबैजना आवद्ध हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा उप प्रमुख सावित्रादेवी अर्यालले महिला उद्यमशिलता सहितको सूचना प्रविधिमा जोडीनुपर्नेमा जोड दिईन् । कार्यक्रममा क्यान महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष  रञ्जीत कुमार गोदारले डिजिटल नेपाल निर्माणमा सबैजनाको विचमा सहकार्य जरुरीरहेको बताए ।

यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले नीजी क्षेत्रको सूचना प्रविधि क्षेत्रमा ठुलो योगदान रहेको भन्दै सरकार, नीजी क्षेत्रको विचमा सहकार्य आवश्यक रहेको बताएका थिए ।क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गरिएको छ ।  कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

समिटमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति निर्माण तहका जनप्रतिनीधि तथा अधिकारीहरु तथा उपभोक्ताहरु सहभागि हुने पनि उनले जानकारी गराए ।क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम हुनेछन् ।

ब्राण्डको प्रमोसन मात्रै गर्नेगरी कार्यक्रमको मोडेल बनाईएकाले खरिद बिक्रि हुनेछैन । त्यस्तै समिटमा उत्पादक तथा इम्पोटर बिच अन्तरक्रिया कार्यक्रम गरिने छ । समिटमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ भने आफ्नो सिमकार्डलाई ईसिममा परिवर्तन गर्न सकिने छ ।

दुइदिने समिट भाेलिसम्म चल्नेछ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij