प्रेम आचार्य
कविता
के बन्ने त ?
द्रष्टा होइन दृष्टि बनौ,
धैर्यवान होइन धैर्य बनौ,
प्रतीक्षार्थी होइन प्रतीक्षा बनौ,
चरित्रवान होइन चरित्र बनौ,
सुःखी होइन सुःख बनौ,
संस्कारी होइन संस्कार बनौ,
कवि होइन कविता बनौ,
विचारशील होइन विचार बनौ,
दयालु होइन दया बनौ,
कल्पनाशील होइन कल्पना बनौ,
प्रेमी होइन प्रेम बनौ,
सहयोगी होइन सहयोग बनौ,
चित्रकार होइन चित्र बनौ,
लेखक होइन लेख बनौ,
भावुक होइन भावना बनौ,
शान्त होइन शान्ती बन्नौ,
स्वप्नशील होइन सपना बनौ,
समिक्षक होइन समिक्षा बनौ,
सङ्गीतकार होइन सङ्गीत बनौ,
कृतिकार होइन कृति बनौ,
नम्र होइन नम्रता बनौ,
आदर्शवादी होइन आदर्श बनौ,
व्यावहारिक होइन व्यवहार बनौ,
सुन्दर होइन सौन्दर्य बनौ,
धार्मिक होइन धर्म बनौ,
प्रेरक होइन प्रेरणा बनौ,
उद्देश्यवादी होइन उद्देश्य बनौ,
निष्ठावान होइन निष्ठा बनौ,
अन्ततः पवित्र बनौ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्