तिलोत्तमा,

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय महिलाहरुका लागि बाध्यबाजन ९मादल ० बजाउने तालिम सम्पन्न भएको छ ।
फाल्गुन १ गतेदेखि शुरु भएको तालिम फाल्गुन २८ गते सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको थियो ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहभागी दिदीबहिनीहरुले तालिमबाट प्राप्त सिपलाई व्यबहारमा लागु गर्दै आत्मनिर्भर र व्यावसायिक बनाउने,उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।
टोल, वडा,समाजलाई कलाको माध्यमबाट व्यवसाहिक तथा कलासंस्कृतिको जगेर्नाका लागि समेत भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य नारायण क्षेत्री ,राजनैतिक दलका प्रतिनिधि टोपलाल खनाल , देवीका ज्ञवाली , भगवती अर्याल , राजु प्रसाद उपाध्याय लगायतले बोल्दै तालिमबाट प्राप्त ज्ञान,सिपलाई व्यबहारिकतामा उतार्दै उपलब्धिमुलक बनाउन र सामाजिक ,सांस्कृतिक बिकासमा अगाडि बढाउदै उद्देश्यलाई पुरा गराउन तालिममा सहभागीहरुलाई सुझाव दिए ।
तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई प्रयोग गर्न र प्रमाणपत्रलाई भित्तामा मात्र झुन्डाएर नराख्न र तालिमको उद्देश्यलाई पुरा गराउन समेत आग्रह गरे ।
कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो भने तालिमको प्रशिक्षण विष्णु प्रसाद कंडेलले प्रदान गर्नु भएको थियो ।
तालिममा १२ वटा टोल विकास संजालबाट प्रत्येक टोलबाट तीन तीन जनाको दरले ३६ जना महिलाहरुको सहभागीता रहेको र तालिम फागुन १ गतेदेखि २८ गतेसम्म संचालन भएको वडा सचिव गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्