बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

बुटवल – सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे वृहत अन्तरक्रियाका लागि बुटवलमा आज (शुक्रबार) देखि दोस्रो मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कशन गरिने भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे । यसैगरी बुटवलको बिकासमा मिडियाले खेलेको भूमिका बारे चर्चा गर्दै पाण्डेले यहाँको प्रचार–प्रसार गरी अब पर्यटन बिकासमा जोड दिनुपर्ने बताए ।

सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिने अध्यक्ष नवराज कुँवरले जानकारी दिए । ‘परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो’, ‘छापा माध्यम, किन र कसका लागि ?’, ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’, ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयमा छलफल हुने छ । यसैगरी ‘अनेक संस्थाः नियमन कि नियन्त्रण ?’, ‘सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?’ लगायत विषयमा छलफल गरिने वरिष्ठ उपाध्यक्ष विष्णु भुसालले जानकारी दिए । विज्ञहरुका प्रस्तुतीपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने उनले बताए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij