बुटवल – नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिती रुपन्देहीको आयोजनामा ६० औं अन्तराष्ट्रिय रङ्ग भेद तथा जातीय भेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित समयमा कुरिती र कुसंस्कार त्यागौ, तथ्यगत र बैज्ञानिक बाटोमा लागौ भन्ने मुल नाराका साथ शुक्रवार बुटवलमा गरिएको कार्यक्रममा जातीय विभेद विरुद्ध कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जातका आधारमा कुनै पनि ब्यक्ती वा समुदायलाई विभेद गर्नु गैरकानुनी भएको बताए । उनले माओवादी १० बर्षे जनयुद्धको बलमा देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई सदैयौ बर्ष देखि पछाडि पारिएको वर्ग समुदायलाई राज्यको पहुँचमा पुर्याउन सफल भएको जिकिर गरे। संविधानमा दलित तथा सिमान्तकृत समुदायलाई अधिकार सम्पन्न बनाउन थुप्रै कानुन निर्माण भए पनि त्यसको प्रभाबकारी कार्यान्वयनमा सरकारले चासो नदिदा भएका उपलब्धि पनि गुम्ने चिन्ता र डर उत्पन्न भएको बताउदै जातीय विभेद विरुद्ध रोक्न सरकार , राजनीतिक दल र सरोकारवाला निकाय सबैले हातेमालो गर्नु पर्ने भन्दै कानुन कार्यान्वयन गर्न राज्य र सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम परियारले हिजोको तुलनामा आज जातीय छुवाछूत तथा विभेदका घटनाको स्वरुप परिवर्तन भएको बताए । संविधान र कानुनको प्रभाबकारी कार्यान्वयन नहुदा समाजमा अझै पनि थर र जातकै आधारमा बहिष्करणमा पर्नु परेको भन्दै विभेद विरुद्ध दलित एक्लैले मात्र आन्दोलन गरेर नहुने बताए । उनले विभेद मुक्त समाज निर्माणका लागि विभिन्न समुदायका धर्मगुरु, राजनीतिक दल, गैरदलित समुदाय ,सरकार मात्रै होइन स्कुलको पाठ्यपुस्तकको पाठ्यक्रममा नै जातीय छुवाछूत गर्नु सामाजिक अपराध हो भएर सचेतनामुलक वाक्यहरु समावेस गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय कर्मचारी महासंघ लुम्बिनी प्रदेशका ईन्चार्ज मीन प्रसाद न्यौपाने , दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष कर्मलाल परियार, नारायण बहादुर जिसि ( निर्मल),खगेन्द्र बिक ( सुजित ) ,दिपा बिक लगाएको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा खिम बहादुर बिकले दलित समुदायको अवस्था : विगत बर्तमान र भबिस्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम मोर्चाका अध्यक्ष ध्रुब लामगादेको अध्यक्षता , ईन्चार्ज पदम बहादुर बिकको स्वागत मन्तब्य तथा सचिब छवि नेपालीको सन्चालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्