जातीय विभेद अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्नेमा सरोकारवालाको जोड

जातीय विभेद अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्नेमा सरोकारवालाको जोड

 

बुटवल – समाजमा कुसंस्कारका रुपमा रहेको जातीय विभेद अन्त्यका लागि सबै व्यक्ती, समुदाय तथा सरकारका तिनै तहले हातेमालो गर्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । दलित उत्थान समन्वय समिति बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय रङ्गभेद  तथा जातिय उन्मुलन दिवसका अवसरमा सरोकारवालाहरु बीच आईतवार बुटवलमा गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले दलित समुदायको आर्थिक विकासका लागि पालिकाले सुनचाँदीका गरगहना बनाउने तालिम, आरन व्यवस्थापन, पञ्चेबाजाको तालिमलगायतका रोजगारसंग जोड्ने  विभिन्न  सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताए ।  उनले दलित  समुदायलाई संविधानले प्रदान गरेका हकअधिकारहरुलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्न गर्याउन पालिकाले भुमिका खेल्ने भन्दै उक्त कार्यलाई सफल बनाउन बुटवलबासिले जस्तोसुकै परिस्थितिमा पनि साथ दिन आग्रह समेत गरे । कार्यक्रममा उपप्राध्यापक जीवन परियारले बुटवलमा दलित समुदायहरुको अवस्था, चुनौती र समस्या बिषय तथा बुटवल उपमहानगरपालिकाका कानुनी सल्लाहकार घनश्याम पन्तले दलितहरुको विकासका लागि कानुनी प्रावधानहरु शिक्षा, स्वास्थ्य, रोजगार, अवसर र चुनौती एवम संवैधानिक उपायहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपाल, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, परियार सेवा समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष  नरेन्द्र दर्जी, कान्ति परियार, जनता समाजवादी पार्टी नेपालका  केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, सुन्दर गहतराज, नेपाल दलित संघका अध्यक्ष अर्जुन रसाली, डिल बहादुर नेपाली, रेबन्त विक, उत्पीडित जातिय मुक्ति समाजका पूर्व अध्यक्ष जुद्ध बहादुर विक, डोलेन्द्र गहतराजलगायतले बोल्दै २१ औं शताब्दीमा पनि नेपाली समाजमा  छुवाछूत प्रथाले जरो गाडेकोले त्यसको अन्त्यको लागि सर्वप्रथमतः  दलित तथा गैरदलित समुदायहरु सबैले व्यवहारबाटै जातिय विभेद हटाई समतामुलक समाज निर्माणका लागि एकजुट हुनुपर्न बताए ।   कार्यक्रममा बुटवल उपमहानगरपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, दलित समुदायका अगुवालगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम दलित उत्थान समन्वय समिति बुटवल उपमहानगरपालिकाका सहसंयोजक रवि  विश्वकर्माको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता खड्लुकको स्वागत मन्तव्य तथा बुटवल अर्का कार्यपालिका  सदस्य कृष्ण सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : आइतबार, चैत्र १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij