राष्ट्रियसभा बैठक

राष्ट्रियसभाको अर्को बैठक भोलि

राष्ट्रियसभाको अर्को बैठक भोलि

काठमाण्डौ – प्रतिपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीवार दिउँसो सवा १२ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दलहरू नेकपा  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा  एकीकृत समाजवादी का सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले भोलिसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी दिनुभयो ।

आज दिउँसो सवा १ बजे शुरू भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij