काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सवा १२ बजेसम्म सुरु हुन सकेको छैन ।
विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।
तर, प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने कुनै सूचना प्राप्त नभएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’
यसअघि आजै सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्