बुटवल- रुपन्देहीका पत्रकाहरुले सुक्रवार काठमाण्डौमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा बुटवलमा प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकार सुरेश रजकको हत्यामा सम्लग्नहरुलाई यथासिघ्र कानुनको दायरामा ल्याउन माग गरे। उनीहरुले स्वर्गीय पत्रकार रजकलाई सहिद घोषणा गर्न माग गर्दे पिडित परिवारलाई यथोचित राहतको प्रवन्ध गर्न माग गरे।
उनीहरुले कलम भाचेर राजतन्त्र फर्काछु भन्ने सपना नदेख्न समेत राजवादीहरुलाई चेतावनी दिएका थिए। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता सचिव सिपी खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल
पत्रकार महासंघका केन्द्रि सदस्य रामराज पोखरेल, प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य पुर्व अध्यक्ष बालकृष्ण चापागाई, प्रगतिशिल पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, प्रेस युनियन अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी अध्यक्ष भगवती पाण्डे, समाजबादी प्रेस संगठन अध्यक्ष बिनोद परियार जनपत्रकार संगठनका अध्यक्ष बिनोद खनाल अधिकारकर्मी अर्जुन ज्ञवाली, रिमा बिसी लगायतले बोल्दै हरेक समय र आन्दोलनमा पत्रकारहरु राज्य पक्ष र आन्दोलनकारीका दोहोरोे निशानामा पर्नु दुर्भाग्यपुर्ण भएको बताए।
नेपाल पत्रकार महासंघ रुपन्देही साखाको कार्यालयबाट सुरु भएको बिरोध प्रर्दशन जेशिस चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको सुक्रवार दिउसो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।
तिनकुनेको एक घरमा आगजनी भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए। सोही क्रममा जलेर उनको मृत्यु भएको हो।
प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्