JanataToday.com

Advertisment

SKIP THIS

गाडी हिलोमा फसेपछि दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र

गाडी हिलोमा फसेपछि दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासीको दाउन्नेमा हिजो बेलुकीदेखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

पानी परेर हिलो भएको सडकमा गाडी फसेपछि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको छ ।

हिलोमा फसेका गाडी निकाल्न सडकमा ग्राभेल र बालुवा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ । अहिले पानी पर्न रोकिएर घाम लाग्न थालेकाले केहीबेरमा गाडी सञ्चालन गर्न सकिने प्रहरीको भनाइ छ ।

यो सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी रोकेर मर्मतको काम भइरहेको छ । त्यसैले हिलोमा फसेका गाडी निकाल्न सकियो भने पनि यस अवधिमा गाडी सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।

यात्रुहरु हिजो बेलुकीदेखि भोकभोकै बस्न बाध्य भएकाले आजको लागि हिजो अस्तिजस्तो सडक बन्द नगर्ने विषयमा छलफल भइरहेको दुम्किबास प्रहरीले जनाएको छ ।

 

राजमार्ग निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पाेरेसनले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने–बर्दघाट खण्डको १४ किलोमिटर खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ ।

 

सडक विस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल नगरेका कारण घाम लाग्दा धुलो र पानी पर्दा हिलोले समस्या हुने गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij