गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरको मृत्यु

गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरको मृत्यु

गुल्मी — गुल्मीमा १५ वर्षीय किशोरको खोलामा डुबेर मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-६ का राजेश कुमालको स्थानीय सिस्तुङ फाँट छेउको छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

 

राजु कुमालका छोरा राजेश तीन बहिनीसँग पौडी खेल्नका लागि खोलामा गएका थिए । घटनापछि बहिनीहरू मात्रै दाजुको कपडा हातमा लिएर घर पुगेपछि घटनाबारे थाहा भएको हो । शंका लागेर परिवार र छिमेकी खोलामा पुग्दा मृत्यु भइसकेको अवस्थामा राजेशको शव फेला परेको थियो ।

वडासदस्य शालिकराम अर्यालका अनुसार राजेश कक्षा ६ मा पढ्थे । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि पठाइनेछ ।

प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij