कवाड संकलकले फिर्ता पाए साइकल, नगर प्रहरीलाई कारबाही

कवाड संकलकले फिर्ता पाए साइकल, नगर प्रहरीलाई कारबाही

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका नगर प्रहरीहरूले आफ्नो व्यवहार नसुधारेको भन्दै पुनः आलोचना भएको छ । बालुवाटारमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल नै खोसेर अमर्यादित ढंगले व्यवहार गरेको भन्दै नगर प्रहरीको आलोचना भइरहेको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो ९मंगलबार० नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो । बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिंड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएको पाण्डे बताउँछन् ।

सोही क्रममा नगर प्रहरीको टोलीले साइकल खासेको उनको भनाइ छ ।

‘बिहान डिस्ट्रब हुनेगरी टिनारफलाम, कापीरकिताब भन्दै हल्ला गरेको भनेर बारम्बार गुनासो आएको थियो । सोही सम्बोधन गर्न इन्सपेक्टर शम्भु विष्टको टोली खटिएको थियो,’ पाण्डेले अनलाइनखबरसँग भने ।

उनले साइकल खोस्न खोजेको पनि तत्काल कवाडी संकलनकर्ता मजदुरलाई फिर्ता दिएको बताए । ‘हाम्रो इन्सपेक्टरले राम्रो व्यवहार नगरेको सत्य हो । उसले गुड ह्यान्डलिङ गर्न सकेन,’ पाण्डे भन्छन्,

‘उसलाई कारबाही गरेर फिल्डबाट अफिसमा तानिसकेको छौं । मजदुरलाई साइकल फिर्ता पनि दिइसकेको छौं । आधिकारिक रुपमा हाम्रो धारणा पनि आउँछ ।’

यसो त काठमाडौं महानगर प्रहरीको कार्यशैलीमा प्रश्न उठेको पहिलो पटक भने होइन ।

फुटपाथ व्यवसायीलाई गरेको धरपकड, कवाडी संकलनकर्ताहरूलाई गरेको व्यवहार, ठेलागाडामा सामान बेच्नेमाथि गरेको व्यवहारदेखि सडकमा माग्न बसेकहरूलाई समेत अमानवीय व्यवहार यसअघि पनि गर्दै आएको छ ।

महानगर प्रहरीको कार्यशैलीमाथि सामाजिक अभियान्ता ईःले उभिएर आन्दोलन समेत गरेका थिए । संघीय संसद्देखि महानगरको कार्यपालिकासम्म नगर प्रहरीको व्यवहारबारे टिप्पणी हुने गरेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij