रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन राजीनामा

रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले आफु विधायिकी काममा व्यस्त हुनुपर्ने भएकोले पार्टीको पदबाट बाहिरिएको जिकिर गरेकी छिन् । उनले पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा लागु हुनुपर्ने जिकिर गर्दै राजीनामा दिएकी हुन् । उनले केही समयअघि नै पार्टीको पदबाट राजीनामा दिएको बताइएको छ । सदनमा रास्वपाको भूमिका जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले आफुले पार्टीको जिम्मेवारीमा भन्दा विधायिकी भूमिकामा सक्रिय हुन चाहेको सुमनाले जिकिर गरेकी छिन् ।

श्रेष्ठलाई २०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij