काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अहिले अपारदर्शी र असंवैधानिक सरकार भएको बताएका छन्।
रूपन्देहीको भैरहवामा बिहीबार प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले अहिलेको सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे। उनले कांग्रेस र एमालेका एकदुई नेताबाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बनेको बताए।
‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले भएको हो,’ उनले भने, ‘यो भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो।’
उनले आफूले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको स्मरण गराए। उनले कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको सरकार बनेदेखि नै जनतामा कुनै आशा नभएको दाबी गरे।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्