बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल -नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो ।

मिडिया मन्थनको बारेमा पत्रकार सम्मेलन गरी नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकार सम्मेलनगरी जानकारी गराएको छ । बिहीबार दिउँसो आयोजना हुने उक्त मिडिया मन्थन कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रको विषय बहस हुने बताइएको छ ।

मिडिया मन्थनमा पत्रकार पेशागत सुरक्षा विषयक प्यानलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रक्रृषि चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गाना प्यानलिस्टको रुपमा रहने छन् । उक्त कार्यक्रमको सहजकर्ताको रुपमा पत्रकार भवानी पाण्डेले गर्नेछन् ।

यसैगरी कसका समाचार कस्ता समाचार विषयक प्यानल छलफलमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरी अनलाईनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे रहेका छन् भने सहजर्ताको रुपमा सिपी खनाल रहेका छन् । यसैगरी मिडिया व्यवस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुवर, अनलाईन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिको व्यवस्थापक कल्पना तिवारी रहेका छन् । उक्त प्यानल छलफलको सहजकर्ता नरेश के.सी रहेका छन् ।

यसैगरी मिडिया मन्थनको आमसञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौति विषयक प्यानल छलफलमा मिडीया अनुसन्धानकर्ता उज्जवल आचर्य, लुम्बिनी प्रदेश प्रविधी प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, विविसीका सम्वाददाता माधब नेपाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल रहेका छन् । उक्त कार्यक्रमको सहजकर्ता विनोद परियार रहेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा पहिलोपटक आयोजना हुन गईरहेको मिडिया मन्थन कार्यक्रमको तयारी पुरा भएको र उक्त कार्यक्रममा सन्चारकर्मिको साथै आम नागरिक पनि सहभागि हुन महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार महासंघ रुपन्देहीले ३ दिनदेखि तीनतहका सरकारका अधिकार र तीनको कार्यन्वयको अवस्था सम्बन्धमा लेखनवृत्ति तालिम पनि गरिरहेको छ । तालिममा पुर्व मुख्यसचिव सोमलाल सुवेदी, अग्रज पत्रकार शेरबहादुर के.सीले विभिन्न विषयमा तालिम दिएका थिए ।

यसैगरी सिद्धार्थनगरका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, देवदह नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री गौतम, बुटवल उपमहानगरको राजस्व शाखा प्रमुख रोशन कुमार रेग्मीले समेत स्थानिय सरकारका अभ्यासको बारेमा प्रकाश पारेका थिए ।

यसैगरी बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्री अर्यालले स्थानिय सरकार सन्चालन र मिडीयाको भूमिका विषयमा प्रकाश पारेका थिए ।

तालिमको अवसरमा मंगलबार वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघियता र कानून कार्यन्वयन अवस्थाको बारेमा तालिम दिने महासंघका सचिव सिपी खनालले बताए ।

प्रकाशित मिति : बुधबार, बैशाख १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij