प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स का उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स का उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स का उपप्रधानमन्त्री एवम् विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा यूएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रोइनर्जी लगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री नाह्यानले यूएईका व्यवसायीहरूलाई नेपालको पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताउनुभयो । नेपालको दुई दिने भ्रमणका लागि काठमाण्डौ आउनुभएका उहाँले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको उल्लेख गर्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीसँग भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले हिजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ

प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij