७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज काठमाण्डौमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो ।

मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो । उहाँले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै देशको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गर्नुभयो ।

मन्त्री गुरुङले नेपालमा अहिलेसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij