तिलोत्तमा, तेस्रो लेखक दिवसको अवसरमा नेपाली लेखक संघ,रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयामहरु विषयक एक दिने प्रशिक्षणमूलक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका(५ स्थित श्री गीर्वाण मा।वि।को सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगानाले गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष सरस्वती बश्यालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा लेखक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै वर्तमानमा व्यस्त दैनिकीको माझमा एक बसाईमा पढेर सकिने र पाठक वा श्रोतामाझ तीब्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गैरहेकोले प्रशस्त अध्ययन र अभ्यास गरेमात्रै अब्बल कथा जन्मिने बताउनुभयो।
प्रमुख अतिथीले आ(आफ्ना कथा वाचन गरेर समुद्घाटन गर्नुभएको कार्यक्रममा प्रशिक्षकको भूमिकामा समेत रहनुभएका वनमाली निराकारले आफ्नो समाजमा घटित घटना विशेषलाई एकाकार गर्दै विषय,पात्र,सम्वाद, दृष्टिविन्दु, परिवेश, भाषाशैली,उद्देश्य वा सारतत्वमा ध्याँन दिएमा मात्र अब्बल लघुकथा लेख्न सकिने बताउनुभयो। प्रशिक्षण लिँदैमा मात्र कथा लेख्न नसकिने तर लेखनकार्यमा प्रशिक्षणले उर्जा प्रदान गर्दै बाटो देखाउँछ भन्दै अब्बल कथा लेख्न सके त्यस्ता कथा जीवन्त हुने बताउनुभयो।
तीस जना सहभागी रहेको उक्त प्रशिक्षण कार्यक्रममा प्रलेस रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले,लेखक एवं स्तम्भकार हुमराज भुसाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो।प्रशीक्षार्थीहरुका तर्फबाट रामप्रसाद बश्याल,लक्ष्मण बश्याल,तनुजा पाण्डे लगायतले आफ्नो अनुभव सुनाउनुभएको कार्यक्रमको संयोजन एवम् सन्चालन कवि उद्धव देवकोटाले गर्नुभएको थियो।
प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्