सालको पात विक्री गर्ने ,मकै पौल्ने तथा ई-रिक्सा चलाउने श्रमिकलाई बुटवलमा नगदसहित सम्मान

सालको पात विक्री गर्ने ,मकै पौल्ने तथा ई-रिक्सा चलाउने श्रमिकलाई बुटवलमा नगदसहित सम्मान

बुटवल । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र मकै पोलेर विक्रि गर्दै गुजारा गर्दै आएका श्रमिक महिलालाई नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगद सहित सम्मान गरिएको छ । ३० जना महिला श्रमिकलाई नगद १०र१० हजार सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले श्रमिक दिवसको अवसर पारेर महिलाहरुको श्रमको सम्मानको रुपमा आर्थिक सहयोग सहित सम्मान गरिएको जानकारी दिए । गत बर्ष पनि सोही अनुसार तीन वटा श्रम विषयमा १०र१० जना महिलालाई सम्मान गरिएको जानकारी दिँदै नगर प्रमुख पाण्डेयले यो वर्ष पनि ३० जना र अर्को पनि पनि ३० जनालाई नियमित रुपमा सम्मान गरिने बताएका थिए । बुटवल उपमहानगरपालिका सबैको साझा पालिका भएको अपनत्व निर्माणको लागि पनि पालिकाले यो कार्यक्रमा नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गरिएको नगर प्रमुख पाण्डेयको भनाई छ ।

बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले अव महिला श्रमिकलाई उद्यमशंग जोड्ने गरी काम गर्नको लागि नगरपालिका तयार रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्नको लागि महिला श्रमिकलाई आग्रह गरिन् । अहिले पनि जंगल गएर सालको पात टिपेर बजारमा ल्याएर गुजारा गर्दै आएका महिलाश्रीमलाई दुना, टपरी, बौता खुट्ने तालिम समेत नगरपालिकलो निःशुल्क रुपमा उपलब्ध गराउने योजना रहेको भन्दै यसको पनि राम्रो बजार भएको बताईन् । उनले सालको पात विक्रि गर्दै गर्दा संगै बौता, टपरी, दुना पनि विक्रि गर्दा अझ आम्दानी बढ्ने भन्दै यो तर्फ लाग्नको लागि आग्रह गरिकी थिईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, हाटबजार व्यवसायी समितिका अध्यक्ष हुमाराम पोखरेल, सामाजिक शाखा प्रमुख तारा भुषाल लगायतले आ आफ्नो धाराण राखेका थिए । नगरले श्रमको सम्मानका लागि जनही १०र१० हजारको दरले ३० जनालाई गरि ३ लाख वितरण गरेको हो । यसमा कर समेत नकाटी नगद दश–दश हजार दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij