बुटवल —रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बुद्धनगर मा बसोबास गर्दै आएकी टिका बिष्ट लाई भारतीय नागरिक ले गोलि प्रहार गरे ।
गम्भीर घाइते अवस्थामा भेटिएकी युवतीलाई तत्काल बुटवलको अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको थियो। उनी भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार पछि अहिले डिस्चार्ज भएकी छन्। भारतीय नागरिकले गोली प्रहार गरेको आज १५ दिन बितिसकेको छ। गोली हान्ने व्यक्ति सितारे आलम अन्सारी रहेको प्रहरी बताएपनि पक्राउ भने अझै पर्न सकेको छैन।अहिलेसम्म पनि अपराधी पक्राउ नपर्दा पीडित परिवार न्यायको प्रतीक्षामा छ। अहिले सम्म पनि अपराधी पक्राउ गर्न नसकेको र प्रहरी अनुसन्धान सुस्त देखिएपछि परिवार र स्थानीय बासिन्दाहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय आरति घिमिरे भीन्छन्, “सीसीटीभी फुटेज देखाउँदा पनि र घर समेत पत्ता लाग्दा पनि प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरेको देखिँदैन।”
त्यस्तै रुपन्देहीमा पछिल्लो समय चोरीका घटनाहरू पनि तीव्र गतिमा बढिरहेका छन्। रुपन्देहीका विभिन्न क्षेत्रमा दिनानुदिन रातको समयमा घर पसल सहकारी मा चोरीका घटनाहरू दोहोरिइरहेका छन्। तर, इलाका प्रहरी कार्यालय बुटवलले यी घटनाहरू नियन्त्रण गर्न वा चोरहरूको पहिचान गर्न नसक्दा सर्वसाधारणमा असन्तोष र असुरक्षाको भावना चुलिँदै गएको छ।
गत तिन महिनामा मात्रै रुपन्देहीको विभिन्न स्थानमा भएको चोरी तथा गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका घटना निम्नानुसार छन् ।
घटना नं .१
मिति २०८२।०१।०६ गतेका बिहान जिल्ला रुपन्देही बुटवल उप महानगरपालीका वडा नं.११ बुद्वनगर स्थित डायक्सन फूड एन्ड वयभरेजमा भारतीय नागरीक मो। सितारे आलमले संचालक बर्ष २९ की टिका बिष्टलाई गोली हानी फरार भएको । हाल सम्म पनि अपराधी पक्राउ गर्न नसकेको ।
घटना नं २
मिति २०८१।११।०६ गते राती जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका ११ कालीकास्थान स्थित जनहीत स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था तोडफो गरी धनमाल चोरी भएको घटना ।अहिलेसम्म पनि पत्ता लगाउन नसकेको ।
घटना नं ३
मिति २०८१।१२।२२ गते राती जिल्ला रुपन्देही देबदह नगरपालीका वडा नं.७ घोडाहा स्थित कोहोलीया देबदह बचत तथा ऋण सहकारी संस्थाको सेप समेत तोडफोड गरी धनमाल चोरी गरेको घटना ।अहिलेसम्म पनि पत्ता लगाउन नसकेको ।
घटना नं ४
मिति २०८१।०२। २२ गते जिल्ला रुपन्देही तिलोत्तमा नगरपालीका वडा नँ.९ मँगलापुर स्थित सानाकिसान कृर्षि सहकारी संस्थामा अज्ञात मानिसले तोडफोड गरी चोरी गरेको ।
घटना नं ५
मिति २०८१।१२।२२ गते राती जिल्ला रुपन्देही तिलोत्तमा नगरपालीका वडा नं ४ मा रहेको फोरस्टार बचत तथा ऋण सहकारी संस्थामा तोडपोड गरी धनमाल चोरी भएको ।
घटना नं ६
मिति २०८१।११।०४ गते राती अ।१०:१५ बजेको समयमा बुटवल बसपार्क पछाडी आफ्नो गन्तव्यस्थल तर्फ जाँदे गरेका जिल्ला अर्घखाँचिको पाणिनी गाँउपालिका ६ बस्ने पदम प्रसाद पौडेल पैदल हिडी रहेको अबस्थामा अपरिचित ४।५ जना व्यक्तिले निजलाई कुटपिट गरि घाईते बनाई निजको मोवाईल तथा धनमाल लुटेर लगेको ।
यी तथ्यांक ले प्रहरीको सक्रियता कमजोर देखिएको छ।
बुटवलको बसपार्क, अस्पताललाईन, ईट्टाभट्टी र कालीकानगर तर्फ रातको समयमा सर्बसाधरणा मानिसहरु असुरक्षित छन् ।कति घटना बाहिर नआएको भएपनि असुरक्षा बढ्दो छ । यस्ता घटनाले सुरक्षा व्यवस्थामै चुनौती दिई रहेका छन ।
प्रहरी भन्छ – अनुसन्धान जारी छ
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले चोरीका घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिए । “अनुसन्धानको क्रममा केही ढिलाइ हुनसक्छ, तर अनुसन्धान भइरहेको छ,” उनले बताए।उनले बुद्धनगर गोली प्रकारणमा पनी गोली प्रहार गर्ने मान्छेको पहिचान भैसकेको र थप अनुसन्धान भैरहेको बताए ।
चोरी घटनाको अनुसन्धान गरी प्रकृयागत रुपमा अदालत समक्ष मुद्वा पेश गर्ने हदम्याद घटना भयको मितिले ६ महिना भित्र हुने कानूनी प्राबधान छ । प्रहरीले भने अनुसन्धान हुंदैछ भनेर कैले दोशी पत्ता लगाउछ ? कहिले अपराधि पक्राउ गर्दछ ? र पिडीतलाई न्याय दिलाउछ प्रहरीको यहि गतिसिलताले पिडीतले न्याय पाउन गारो हुने स्थानिय ले बताए ।
बुटवलमा चोरीका घटना बढ्नु र प्रहरी प्रशासनको प्रभावहीनता दुवै चिन्ताजनक विषय हुन्। जनताको सुरक्षाका लागि प्रहरी र नागरिकबीच विश्वासको बाताबरण जरुरी छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्