नेपाली साहित्यको विकास र उन्नयनका लागि छिट्टै ऎन बनाउछौं : सभामुख

नेपाली साहित्यको विकास र उन्नयनका लागि छिट्टै ऎन बनाउछौं : सभामुख

नेपाल नाट्यप्रतिष्ठान लुम्बिनीको अध्यक्षमा डा. पन्थ

 

बुटवल ,  लुम्बिनी प्रदेशमा नेपाल नाट्यप्रतिष्ठान लुम्बिनी प्रदेशको गठन भएको छ। नाटक विधाको लेखन , मञ्चन , अनुसन्धान , प्रहशन र उन्न्वयनका लागि नाट्य प्रतिष्ठान गठन गरिएको हो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहयोग र नेपाल ना्ट्य प्रतिष्ठान पोखरा नेपालको समन्वयमा नेपाली नाट्यविमर्श कृतिको लोकार्पण, स्रष्टा सम्मान तथा नेपाल नाट्यप्रतिष्ठान लुम्बिनी प्रदेशको गठन कार्यक्रम सम्पन्न भएको छ ।

दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो शत्रमा प्रा।डा. रामचन्द्र पोखरेलको प्रधानसम्पादकत्वमा नेपाल नाट्यप्रतिष्ठान पोखराले प्रकाशन गरेको ९३८ पृष्ठमा संरचित नेपाली नाट्यविमर्श कृतिको लोकार्पण लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्तीमगर ज्युले गर्नुभयो ।

कृतिमा नेपाली नाट्यविधासँग सम्बन्धित अनुसन्धानात्मक लेख, कार्यपत्र, नाट्यवार्ता तथा केही नेपाली नाटककार र नाट्यकृति समावेश गरिएको छ । नेपाली नाट्य विधाको ऐतिहासिक ग्रन्थका रुपमा रहेको यो कृति सिक्किम , आसाममा समेत लोकार्पण भइसकेको छ ।

कार्यक्रममा नेपाली नाटक विधाको क्षेत्रमा योगदान पुर्याउने हेमराज भुसाल, कमल गाउँले, डिल्लीनारायण पाण्डेय,, नारायण योगी, शान्तराम गिरी, प्रा.डा. रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल, डा। नारायणप्रसाद पन्थ, पुस्कर रेग्मी अथकलाई नेपाली नाट्यरत्न सम्मान २०८२ ले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाली साहित्यको विकास र उन्नयनका लागि लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय प्रज्ञा प्रतिष्ठान निर्माणको लागि बिधेयक तयार भइरहेको बताउनुभयो । उहाँले आउदो अधिबेशनमा यसले सभामा प्रवेश पाउने र छिट्टै ऎन बन्ने बताउनु भयो । उहाँले नेपाली साहित्यको श्रीवृद्धिमा लुम्बिनी वाङ्मयले निरन्तर कार्य गरिरहेकोप्रति प्रशंसा व्यक्त गर्दै नाटक विधामा नेपाली नाट्यविमर्श महत्वपूर्ण रहेको बताउनु भयो ।

प्रा . डा . रामनाथ ओझाले नेपाली नाट्य विमर्श कृति नेपाली नाटक विधाको ऐतिहासिक पुस्तक रहेको बताउँदै कृतिले नेपाली नाट्यविधालाई समेटेको बताउनुभयो ।

त्यसैगरी लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादको अध्यक्षता, प्राज्ञ बूँद राना, संविधान सभाका सभासद् नेत्रप्रसाद पन्थी, शिक्षाविद् लोकनाथ उपाध्याय, साहित्यकार जङ्गबहादुर शाहको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा कविता पन्थीले स्वागत र डा.नारायणप्रसाद पन्थले कार्यक्रमको समन्वय गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

कार्यक्रममा हेमराज भुसाल, नारायण योगी, कमल गाउँले, पुष्कर रेग्मी अथक, डिल्लीनारायण पाण्डेय, झपेन्द्र जिसीलगायतले सम्मानित गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै प्रहसन, भूमिका अभिनय र गीत प्रस्तुत गर्नुभएको थियो भने उपस्थित स्रष्टाहरुले कविता, लघुकथा र मुक्तक प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा १५ सदस्यीय नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशको गठनसमेत गरिएको छ जसको उपाध्यक्षमा डाक्टर प्रेमप्रसाद तिवारी , सचिवमा भावना खनाल , कोषाध्यक्षमा डिल्लीनारायण पाण्डेय , सहसचिव राजु भुसाल र सदस्यमा राजेन्द्र कुँवर , ईश्वरी प्रसाद पोखरेल , नारायण योगी , तिलक लामिछाने ,हेमराज भुसाल , कमल पोखरेल , शशी पन्थी, डाक्टर अजित खनाल ,दयानिधि गौतम ,कमल पोखरेल र गणेश भण्डारी निर्वाचित हुुनु भएको छ । डा. शालिकराम पौडेलको संयोजक , कलाधर अर्याल र भोज खत्री सद्स्य रहेको निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गरेको हो भने सल्लाहकारका शिक्षाविद् लोकनाथ उपाध्याय र साहित्यकार तथा लेखक ऋषि आजादलाई चयन गरेको छ। नवनिर्वाचित समितिलाई प्रा. डा . रामनाथ ओझा, बरिस्ठ पत्रकार डाक्टर बालकृष्ण चाापागाई ,संस्थाका संरक्षक प्रा। डा।रामचन्द्र पोखरेललगायतले बधाई तथा शुभकामना दिनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष डा. नारायण प्रसाद पन्थले संस्थागत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij