भारतले भन्यो– कश्मीरका नौ आतंकवादी केन्द्रहरूमा लक्षित आक्रमण गर्‍यौँ

भारतले भन्यो– कश्मीरका नौ आतंकवादी केन्द्रहरूमा लक्षित आक्रमण गर्‍यौँ

काठमाडौं , भारतीय सशस्त्र बलले बुधबार ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर पीओजेकेमा रहेका नौ ‘आतंकवादी’ केन्द्रहरूमा लक्षित आक्रमण गरेको बताएको छ ।

यो कारबाही पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान लिएपछि गरिएको बताएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

रक्षामन्त्रीको कार्यालयले प्रकाशित आधिकारिक विज्ञप्तिमा भारतीय सशस्त्र बलले ‘̍अपरेसन सिन्दूर’ सुरु गरी भारतविरुद्ध आक्रमण योजना गर्ने केन्द्रहरू रहेका पाकिस्तान र पीओजेकेका आतंकवादी अखडाहरूमा प्रहार गरेको बताएको छ ।

यो अभियानले मितव्ययी र सीमित रणनीतिमा आधारित नौ विशिष्ट स्थानहरूलाई लक्षित गरिएको बताइएको छ । तर, जानाजान पाकिस्तानी सैन्य सुविधाहरूलाई निशाना नबनाइएको उल्लेख छ ।

मन्त्रालयले भारतले पहलगाम घटनाप्रति प्रतिक्रियास्वरूप सावधानीपूर्वक लक्ष्य र योजनाहरू चयन गरेको पनि बताएको छ ।

मन्त्रालयले यस हमलाका पछाडि जिम्मेवारहरूप्रति जवाफदेही सुनिश्चित गर्ने संकल्प गरेको छ । आज दिउँसो ‘अपरेसन सिन्दूर’ को विस्तृत जानकारी सार्वजनिक गर्ने घोषणा गरिएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij