तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लुम्बिनी – पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।

लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने उनले बताए ।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० शोभायात्रा हुनेछ ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij