‘ऊनको स्वीटर’ फिल्म युनिटले गर्यो बुटवलका दर्शकसँग भेट

‘ऊनको स्वीटर’ फिल्म युनिटले गर्यो बुटवलका दर्शकसँग भेट

बुटवल – फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको यस चलचित्रका कलाकार तथा निर्माण टोलीले बुटवलका दर्शकहरुसँग पनि भेट गरेका छन् । मोफसल यात्रा अन्तरगत शनिबार बुटवल आइपुगेको कलाकारसहितको निर्माण टोलीले बुटवलका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको हो । यसैबीच आइतबार विहान तिलोत्तमास्थित होटल पौवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता विपिन कार्कीले दर्शकबाट उत्साहजनक माया प्राप्त भएको उल्लेख गरे । नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बच्चादेखि बुढा उमेरसम्मका दर्शक हलसम्म पुग्ने गरेको र सबैबाट उत्तिकै माया र सकारात्मक प्रतिक्रिया पाउन सफल भएको दाबी गरे ।

ऊनको स्वीटरबाटै डेब्यू गरेका नायक एलेक्स पारसले माफसल यात्राले आफूलाई उत्साह थपिदिएको प्रतिक्रियाँ दिँदै फिल्म हलमा पुग्दा दर्शकले देखाउने प्रतिक्रियाहरुबाट आनन्द प्राप्त गरिरहेको उल्लेख गरे । यसैगरी नायिक परीक्षा लिम्बु, गायक सुजन चापागाईं तथा कार्यकारी निर्माता मिलन खत्रीले मोफसल यात्राको अनुभव सुनाउँदै आफूहरुले अपेक्षा गरेकोभन्दा बढी उत्साह दर्शकमा देखिएको उल्लेख गरे ।

नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा।लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको फिल्मको वितरण काफिया फिल्मस प्रा।लि र कुबेर सिने डिस्ट्रीब्युसनले गरिरहेको छ । फिल्म युनिटले बुटवलपछि चितवन, पोखरा हुँदै पूर्वमा विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने जनाएको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन रश्मी श्रेष्ठसहित विभिन्न सञ्चारकर्मीहरुले कलाकार तथा फिल्म युनिटसँग साक्षात्कार गरेका थिए । पत्रकार डि।बी। सुस्लिङको सञ्चालन तथा चलचित्र पत्रकार संघ रुपन्देही अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij