भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख मेयर इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ वितरण गर्नुभएको हो ।
उन्नत विउको प्रयोग गरी उत्पादन बढाउने उद्देश्यले धानको बीउ वितरण गरिएको मेयर खाँले जानकारी दिनुभयो । कृषकहरुको मागको आधारमा बीउ वितरण हुँदै आएको छ । नगरपालिकाले सिजन अनुसार धान, गहुँ तरकारी लगायतका बीउ र कृषि उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्