नयाँ दिल्ली
भारतका विभिन्न भागहरूमा बुधबार साँझ आएको भीषण आँधीले ठूलो जनधनको क्षति पुर्याएको छ। विशेष गरी उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको बीबीसी संवाददाता सैयद मोजिज इमामले जनाएका छन्।
भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लामा आँधीबारे सतर्कता अलर्ट जारी गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत सबै सम्बन्धित निकायलाई राहत र उद्धार कार्य तत्काल र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिएको छ।
आँधीको असर राजधानी दिल्लीमा पनि देखिएको छ। शहरका धेरै ठाउँमा रूख ढल्दा गाडीहरू क्षतिग्रस्त भएका छन्, र सडकहरू अवरुद्ध भएका छन्। यसले यातायात व्यवस्थामा अवरोध पुर्याएको छ भने दिल्ली मेट्रो सेवा समेत प्रभावित भएको छ।
प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारिएको छ भने स्थानीय प्रशासन सतर्क रहेको बताइएको छ। मौसम विभागले आगामी दिनहरूमा पनि यस्ता मौसमी उतारचढावको सम्भावना जनाउँदै सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्