नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसाहित्यिक संघ प्युठानको अध्यक्षमा बिमला खनाल चयन

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसाहित्यिक संघ प्युठानको अध्यक्षमा बिमला खनाल चयन

प्युठान ,नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसाहित्यिक संघ प्युठानको अध्यक्षमा बिमला खनाल चयन हुनुभएको छ।

बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका खनाल अध्यक्षमा चयन हुनुभएको हो।

यस्तै उक्त सम्मेलनबाट उपाध्यक्षमा लोकेन्द्र जि सि,सचिवमा भानुभक्त पोख्रेल र कोषाध्यक्षमा सीता बि।क चयन हुनुभएको छ। ९ सदस्यीय कमिटिको सदस्यहरुमा राममणी शर्मा,घनश्याम अस्तित्व,प्रेम पुन,लक्ष्मी मगर संघर्ष,महेश थापा रहनुभएको छ।

त्यस्तै सल्लाहकारमा चन्द्रकान्त पोख्रेल,नेत्रमणि आचार्य र खिम बहादुर रावत रहनुभएको छ।

नव(निर्वाचित अध्यक्ष खनालले प्रतिबद्धता मन्तव्य राख्दै साहित्यकारहरू देशका गहना मात्र नभई समाजका अपरिहार्य अङ्ग भएको उल्लेख गर्दै प्युठान जिल्लामा साहित्यलाई थप क्रियाशिल बनाउने उद्घोष गर्नुभयो। अध्यक्ष खनालले प्युठान जिल्ला विभिन्न ईतिहास बोकेको जिल्ला भएकाले आफुहरुले साहित्यका माध्यमबाट थप उर्जा थप्ने काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै संघका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन विचार,संगठन र साहित्यलाईसँगै अघि बढाउने धारणा राख्नुभयो।

नवनिर्वाचित कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजयबिराज बिष्टले नव निर्वाचित टिमलाई बधाई दिदै साहित्य सिर्जना केवल व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्ने साधन पनि भएकाले लेखकहरूले समाजप्रति उत्तरदायी भई कलम चलाउनुपर्ने बताउनुभयो। अध्यक्ष बिष्टले राष्ट्रियता, प्रगतिशील चेतना र समाज परिवर्तनमा साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।लेखकहरू सामाजिक तथा राजनीतिक घटनाक्रमप्रति सचेत भई आफ्ना सिर्जनामार्फत जनचेतना अभिवृद्धि तर्फ लाग्न आग्रह गर्दै नेपाली साहित्य जगतको माध्यमबाट नेपाली समाजलाई सहि दिशातर्फ उन्मुख गराउन यस नवनिर्वाचत कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि जनसाहित्यिक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका उप(प्रध्यापक डा।नारायणप्रसाद पन्थले राष्ट्रिय जनसाहित्यिक संघ नेपालले गरिरहेका गतिविधिहरूबारे प्रष्ट पार्दै संस्थाको उद्देश्य,कार्यदिशा र भावी योजनाका विषयमा धारणा राख्नुभयो।

प्युठानबाट साहित्य जीवन्त राख्दै उच्च स्तरमा पुर्याएर उदाहरणीय सन्देश दिन आवश्यक रहेको बताउनुभयो। उहाँले साहित्यमा समाजका हरेक पक्षलाई समेट्नुका साथै पार्टीका एजेण्डा आम नागरिकलाई बुझाउने गरि लाग्न निर्देशन समेत दिनुभयो।

डा। पन्थले राष्ट्रियता,प्रगतिशील चेतना र समाज परिवर्तनमा साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संघले यी तीनै पक्षलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो।

कुनै पनि संस्था सफलतापूर्वक सञ्चालन गर्न समय व्यवस्थापन,समन्वय कला र सामर्थ्यको आवश्यकता रहेको उहाँको भनाई छ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिब इन्द्रमणि पोख्रेल,उपसचिव हिरामणी भण्डारी,नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य डिल बहादुर थापा,नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका पुर्ब कोषाध्यक्ष खिम बहादुर जि।सि,अनेरास्ववियु प्युठानका अध्यक्ष टेकराज के।सि,प्युठान क्याम्पसका पुर्ब सहायक क्याम्पस प्रमुख सन्देश आचार्य,पेशागत महासंघ प्युठानका सचिब चन्द्रकान्त पोख्रेल लगायतको उपस्थिति र

हेको थियो।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij