महिला हिंसा विरुद्ध युवा सशक्तीकरण विषयक अन्तरसंवाद

महिला हिंसा विरुद्ध युवा सशक्तीकरण विषयक अन्तरसंवाद

बुटवल- “महिला हिंसा विरुद्ध युवा सशक्तीकरण” विषयक अन्तरसंवाद कार्यक्रम आइतवार बुटवलमा सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समन्वय सञ्चारिका समूह लुम्बिनी प्रदेशले गरेको थियो भने सहजीकरण सञ्चारिका समूहकी अध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो। कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी संयोजक रिया बस्नेतको सम्योजनमा भएको हो। विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) प्रतिनिधिहरू, विद्यार्थीहरू, पत्रकार, महिला अधिकारकर्मी र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सञ्चारिका अध्यक्ष अमृता अनमोलले कार्यक्रम सञ्चालन गर्दै महिला हिंसाका घटनाहरू निरन्तर दोहोरिनुमा समाजमा व्याप्त लैंगिक विभेद, कमजोर न्याय प्रणाली र मौनता संस्कृतिको भूमिका रहेको बताइन्। उनले युवाहरूलाई महिला हिंसाको विरुद्धमा स्पष्ट र सशक्त आवाज उठाउन आग्रह गरिन्। त्यसैगरी सञ्चारिका संयोजक रिया बस्नेतले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै शिक्षा, चेतना र सहकार्यमार्फत मात्र महिला हिंसा अन्त्यतर्फ अग्रसर हुन सकिने धारणा राखिन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूले समेत आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए। उनीहरूले सामाजिक सञ्जाल, घर–परिवार तथा शैक्षिक संस्थाहरूमा हुने महिला हिंसाको अनुभव बाँड्दै यस्तो हिंसा रोक्न सबै तहमा सचेतना कार्यक्रमको आवश्यकता औंल्याएका थिए। कार्यक्रमको उद्देश्य महिला हिंसाका विविध आयामहरूमा युवाहरूलाई जानकारी गराउँदै उनीहरूलाई सशक्त र उत्तरदायी बनाउने रहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको समापनमा सहभागीहरूमाझ महिला हिंसाविरुद्धको प्रतिवद्धता व्यक्त गर्दै संयुक्त अपिल पनि प्रस्तुत गरिएको थियो। अपिलमा महिला हिंसा अन्त्यका लागि सबै क्षेत्रको सक्रियता आवश्यक भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij