बुटवल- नेपाली सांगीतिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेमभाव बोकेको गीत आएको छ, जसले दर्शक–श्रोताको मन जित्न सफल हुँदैछ । हालै सुनितामी परियारको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय देख्न सकिन्छ । यो भिडियोसँगै नायिका जुना विश्वकर्मा र बाल कलाकार युनिश घिमिरे पनि देखिएका छन्, जसले भिडियोको समग्र कथावस्तुमा थप गहिराईमा पुगेको देखिन्छ । गीतमा खेम सेन्चुरी र सुनितामी परियारको सुमधुर स्वर रहेको छ । ऐतिहासिक तथा धार्मिक क्षेत्रले परिचित अर्घाखाँची जिल्लामा जन्मेर काठमाडौंमा बसी राष्ट्रिय तथा अन्तराष्टिय रुपमा कलामार्फत आफ्नो नाम चर्चामा राख्नुभएकी सुनितामी परियार नेपाली गीत संगीतमा सभ्य अनुशासित र सुन्दरी गायिकामा पर्नुहुन्छ । उहाँले धेरै वर्ष संगित प्रशिक्षण क्लास लिनुभएको छ । संगीतप्रतिको उहाँको समर्पण यस प्रोजेक्टमा प्रष्ट रूपमा झल्किन्छ । आफ्नो गायन यात्रालाई अझै सहज बनाउन नयां गीत बजारमा ल्याएको गायिका परियार बताउनुहुन्छ । गीतका सशक्त शब्दहरू प्रसिद्ध गीतकार बिमल कौशलले लेख्नु भएको हो । उहाँका शब्दहरूले नेपाली समाजको लाज, संकोच र मनभित्रको भावनालाई सूक्ष्म तर गहिरो ढंगले उतारिएको छ । यो गीतका लगानीकर्ता पनि बिमल कौशल नै हुनुहुन्छ । गीतमा संगीत संयोजन चर्चित संगीतकार हाकिम सुनारको रहेको छ । गीतको निर्देशन कुशल निर्देशक बिक्रम चौहानले गर्नुभएको छ । पल शाहको अभिनय सधैंझैं आत्मीय र भावनात्मक देखिन्छ । उहाँले प्रेममा रहेको व्यक्तिको मौनता, झुकाव र सम्मानलाई अभिनयमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ । आरुशी कार्की र युनिशले बाल कलाकार भएर पनि प्रेमलाई मासुम दृष्टिले प्रस्तुत गर्नुभएको छ । – उहाँको अभिनय हेर्दा लाग्छ, भावना बुझ्न उमेरको कुनै सीमा हुँदैन ‘लाजको पर्दा’ शीर्षक आफैंमा गहिरो छ – जुन लाज र संकोचभित्र लुकेको प्रेमको सुगन्ध बोकेको छ । भिडियोको हरेक दृश्य, लय र शब्दले प्रेमलाई नाजुक र सम्मानित रूपमा प्रस्तुत गर्छ । नेपाली समाजमा अझै प्रेम खुलेर अभिव्यक्त गर्न हिच्किचाइन्छ, र यही हिच्किचाहटभित्रको सौन्दर्यलाई यस गीतले कुशलतापूर्वक उधिन्ने प्रयास गरेको छ
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्