कृषिमार्फत ‘समृद्धि सपना’

कृषिमार्फत ‘समृद्धि सपना’

गुल्मी,  गुल्मीको रुरु गाउँपालिकामा कृषि लक्षित कार्यक्रम सुरु भएको छ । “रुरु कृषि परियोजना” नाम दिइएको कार्यक्रममा पालिका क्षेत्रका कृषकलाई व्यावसायिक रूपमा आयआर्जनको काममा सहभागी भएका छन् । महिला तथा युवाहरू मार्फत गाउँपालिका भित्र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै उनीहरूलाई आत्मनिर्भरता र सामाजिक सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । “विशेष गरी महिलाहरूलाई मुख्यतः स्वावलम्बन र उद्यमी बनाउने हिसाबले हामीले काम गरिरहेका छौ,” ज्ञवालीले भने । पालिकाले तरकारी, दूध, मासु, उखु प्रवर्द्धन लगायतका क्षेत्रमा आत्मनिर्भर बनेको उनको दाबी छ ।

 

 

 

नव प्रभात युवा सङ्घ, गुल्मीको सहजीकरणमा सञ्चालन भएको उक्त परियोजनाले गाउँपालिका भित्रका ६ वटै वडाका २१०० घरधुरीलाई ७२ वटा समूहमा आवद्ध गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । “रुरु कृषि परियोजना” मार्फत कृषि तथा पशुपालन, घाँस, उखु, फलफूल तथा तरकारी उत्पादनमा कृषकहरूलाई समूहमा आबद्ध बनाई सहयोग पुराउँदै आइरहेको छ । परियोजना मार्फत ८२५ जना महिला तथा युवाहरूलाई ३३ वटा समूहमा आबद्ध गराई उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि मागमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् ।

 

परियोजना मार्फत विभिन्न समूह र सहकारी मार्फत बाख्रा तथा बोकाहरू वितरण, खोर निर्माण, गाई पालन, भकारो सुधार, डेरी सञ्चालन, फलफूल तथा तरकारी, घाँस, उखु तथा अकबरे खुर्सानी लगायतका वस्तुहरू उत्पादन गरी उनीहरूको आयआर्जन वृद्धिमा जोड दिएको छ ।

“रुरु कृषि परियोजना” सञ्चालन भएपछि यति बेला स्थानीयहरूको जीविकोपार्जनमा समेत सुधार हुँदै जान थालेको छ । आफूसँग जग्गा नहुनेहरूले पनि जग्गा भाडामा लिएर कृषिजन्य उपजहरू उत्पादन गरी बिक्री गर्न थालेका छन् । यसबाट घर खर्च चलाउन र परिवार पाल्नका लागि कसैको मुख ताक्नु नपर्ने उनीहरूको भनाइ छ ।

 

“परियोजना सञ्चालन भएपछि ठुलो सहयोग मिलेको छ, आफूले मेहनत गरेपछि कसैसँग माग्नु पर्दैन, सजिलै खर्च पानी चलेको छ, बिक्री भएन कि भन्ने चिन्ता पनि भएन” रुरुक्षेत्र गाउँपालिका –१ पिपलनेटाकी सिता मुखियाले भनिन् । परियोजना मार्फत यति बेला अकबरे खुर्सानी खेती र उखु उत्पादनको लागि क्षेत्र बिस्तार गर्दै रुरुक्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने काम अघि बढिरहेको परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेले जानकारी गराए । यसबाट गाउँमै प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजगार र सीप विकासको अवसर प्रदान हुने चालिसको भनाइ रहेको छ ।

 

उक्त कार्यक्रमले ग्रामीण कृषिलाई आधुनिक प्रविधि, सीप र सहकार्यको माध्यमबाट उत्पादनमुखी र आम्दानीमुखी बनाउँदै रुरुक्षेत्रलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने परियोजना साझेदार संस्थाका कार्यकारी निर्देशक धातानन्द भुसालले बताएका छन् । दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु। एक करोड गरी कुल तीन करोड ३३ लाख लागतमा कार्यक्रम सुरु गरिएको हो ।

यसबाट घर खर्च चलाउन र परिवार पाल्नका लागि कसैको मुख ताक्नु नपर्ने उनीहरूको भनाइ छ । “परियोजना सञ्चालन भएपछि ठुलो सहयोग मिलेको छ, आफूले मेहनत गरेपछि कसैसँग माग्नु पर्दैन, सजिलै खर्च पानी चलेको छ, बिक्री भएन कि भन्ने चिन्ता पनि भएन” रुरुक्षेत्र गाउँपालिका –१ पिपलनेटाकी सिता मुखियाले भनिन् ।

 

परियोजना मार्फत यति बेला अकबरे खुर्सानी खेती र उखु उत्पादनको लागि क्षेत्र बिस्तार गर्दै रुरुक्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने काम अघि बढिरहेको परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेले जानकारी गराए । यसबाट गाउँमै प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजगार र सीप विकासको अवसर प्रदान हुने चालिसको भनाइ रहेको छ । उक्त कार्यक्रमले ग्रामीण कृषिलाई आधुनिक प्रविधि, सीप र सहकार्यको माध्यमबाट उत्पादनमुखी र आम्दानीमुखी बनाउँदै रुरुक्षेत्रलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने परियोजना साझेदार संस्थाका कार्यकारी निर्देशक धातानन्द भुसालले बताएका छन् । दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु। एक करोड गरी कुल तीन करोड ३३ लाख लागतमा कार्यक्रम सुरु गरिएको हो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij